मेयरको निर्देशनपछि बल्ल मर्मत भयो सडक

ए वान डेस्क /
जीतपुरसिमरा उप–महानगरपालिकाको कार्यालय अगाडी भत्किएको सडक मर्मत गरिएको छ । मेयर डा. कृष्ण पौडेलको निर्देशनपछि कर्मचारीको संयोजनमा ६ लेनको आयोजनाले हिजो सडक मर्मत गरेको हो ।
लामो समयदेखि सडक मर्मत नभएको भन्दै स्थानीय धिरज पुडाशैनीले मेयर डा. पौडेललाई चिठ्ठी लेखेक थिए । चिठ्ठी पढेलगत्तै मेयर पौडेलले तत्काल सडक मर्मत गर्न आयोजनालाई निर्देशन दिनुभएको थियो ।