अब पाइनेछैन स्कुल बसमा विद्यार्थी उभ्याउन

ए वान डेस्क
१९ माघ २०७४, शुक्रबार ०९:१५

सार्वजनिक तथा निजी विद्यालयले आफ्ना बसमा विद्यार्थीलाई उभ्याएर यात्रा गराउन नपाउने भएका छन्। सरकारले तयार पारेको ‘स्कुल बस निर्देशिका‘२०७४’ जस्ताको तस्तै पारित भए विद्यालयहरूले विद्यार्थीलाई उभ्याएर यात्रा गराउन पाउने छैनन्।

स्कुल बसलाई व्यवस्थित गर्न यातायात व्यवस्था विभागले निर्देशिकाको मस्यौदा तयार पारिसकेको छ। निर्देशिकाको मस्यौदामा १२ वर्षभन्दा माथिकाको हकमा सिट क्षमताबराबर संख्यामा मात्र विद्यार्थी राख्नुपर्ने व्यवस्था गरिएको छ।

१२ वर्ष मुनिको हकमा बसको सिट क्षमताभन्दा एक दशमलब ५ गुणा विद्यार्थी राख्न पाइने छ। एउटै सिटमा दुई जनासमेत राख्न सकिने भएकाले यस्तो नियम बनाइएको हो। सवारी तथा यातायात व्यवस्था ऐन– २०४९ को दफा १५३ को प्रावधानअनुसार निर्देशिका बनाइएको विभागका महानिर्देशक रूपनारायण भट्टराईले बताए।

शिक्षण संस्थाले विद्यार्थी बोक्ने उद्देश्यले सञ्चालनमा ल्याएका सवारी–साधनले दिने सेवालाई सुरक्षित, आरामदायी र भरपर्दो बनाउने उद्देश्यले निर्देशिका ल्याउन लागेको उनको भनाइ छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*