रुस्लान नवौ सिमरा गोल्डकप आजदेखि, उद्घाटनमा को–को खेल्दैछन् ?

ए वान डेस्क
२५ माघ २०७४, बिहीबार ०८:२२

मौफशलमै प्रतिष्ठित प्रतियोगिताको रुपमा हेरिएको रुस्लान नवौ सिमरा गोल्डकप आजदेखि शुरु हुदैछ । गोल्डकपको आज एक कार्यक्रमकाबिच समाजसेवी एवं नेपालका चर्चित कलाकार धुर्मुस–सुन्तलीले उद्घाटन गर्ने कार्यक्रम छ ।

प्रतियोगितामा १० टिमको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगिताको दुई संस्करणको विजेता मनाङ मस्र्याङदी क्लबले अन्तिम समयमा आएर प्रतियोगितामा सहभागि हुन नसक्ने बताएपछि आयोजक नव जनजागृती युवा क्लब निलो र सेतो गरि २ टिममा खेल्ने आयोजक क्लबका अध्यक्ष कासिम मियाँले जानकारी दिनुभयो ।

प्रतियोगितामा साविक विजेता सिएमजि क्लब संकटा, रुस्लान थ्रिस्टार क्लब, त्रिभूवन आर्मी क्लब, नेपाल एपिएफ क्लब, मोरङ फुटबल क्लब विराटनगर, वीरगञ्ज युनाईटेड क्लब वीरगञ्ज, सुदुरपश्चिम ११ स्पोर्टस क्लब धनगढी, विजय युथ क्लब धनगढी सहित आयोजक नवजनजागृती यूवा क्लबको एन.जे.जे.वाई.सि., ‘सेतो’ र एन.जे.जे.वाई.सि. ‘निलो’ गरि १० टिमको सहभागिता रहने छ । आगामी फागुन ५ गते सम्म चल्ने प्रतियोगिताको विजेताले पाँच लाख एकाउन्न हजार र उपविजेताले दुई लाख पचास हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान मोटरसाईकल तथा विभिन्न ७ विधाका उत्कृष्ट खेलाडी तथा प्रशिक्षकले जनही १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै प्रत्येक खेलको म्यान अफ दि म्याचले पाँच हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

विजय डिष्टिलरी नवलपरासीको मूख्य प्रायोजनमा हुने प्रतियोगितामा आइ.एम.ई. जेनरल इन्स्योरेन्स लिमिटेड संगको सहकार्यमा खेलाडी, दर्शक तथा आयोजक समेतको दुर्घटना विमाको व्यवस्था समेत गरिएको आयोजक क्लबका महासचिब शम्भुसिंह ठकुरीले जानकारी दिनुभयो ।

प्रतियोगिताको उदघाटन खेलमा आज हेटौंडाको विजय युथ क्लब र आयोजक नवजनजागृती यूवा क्लबको एन.जे.जे.वाई.सि.‘सेतो’ टिम विच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिता सम्पन्न गर्न कुल ७५ लाख ९८ हजार रुपैयाँ खर्च लाग्ने अनुमान आयोजकले गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*