थ्रिस्टारले जित्यो बुढासुब्बा गोल्डकप फुटबलको उपाधि

ए वान डेस्क
२७ माघ २०७४, शनिबार १९:४७

२० औँ बुढासुब्बा गोल्डकप फुटबलको उपाधि थ्रिस्टार क्लबले जितेको छ ।

धरान रंगशालामा नेपाल पुलिस क्लबलाई १ – ० अन्तरले हराएर थ्रिस्टारले उपाधि जितेको हो । थ्रिस्टारका लागि अजय मार्टिन्सले गोल गरे । यो सँगै थ्रिस्टारले अघिल्लो हप्ता आहा रारा गोल्डकपको फाइनलमा पुलिसँग १ – ० को हारको बदला पनि लिएको छ ।

२७ औं मिनेटमा दुवै टोलीका खेलाडीले रातो कार्ड पाएका थिए । उपाधिसँगै थ्रिस्टारले ६ लाख रुपैयाँ पुरस्कार पाएको छ । शनिबारको खेलमा गम्भीर घाइते भएका थ्रिस्टारका विक्रम लामालाई भने उपचारका लागि काठमाडौं ल्याइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*