सिमरा गोल्डकप : आजदेखि सेमिफाईनल खेल, थ्रिस्टार र मोरङ्ग भिड्ने

ए वान डेस्क
२ फाल्गुन २०७४, बुधबार ०८:०४

ए वान डेस्क /

बाराको सिमरामा जारी रुस्लान नवौ सिमरा गोल्डकपमा आजदेखि सेमिफाईनल खेल हुदैछ । आज हुने पहिलो सेमिफाइनल खेलमा रुस्लान थ्रिस्टार क्लबले मोरङ फुटबल क्लब विराटनगरसंग प्रतिस्पर्धा गर्नेछ ।

खेल दिउसो ३ बजेदेखि शुरु हुने आयोजकले जानकारी दिएको छ । यसअघि हिजोको खेलमा डिफेण्डिङ च्याम्पियन संकटा क्लबलाई १–० गोल अन्तरले पराजित पर्दै वीरगञ्ज यूनार्ईटेड क्लब सेमीफाईनलमा प्रवेश गरेको छ ।

अब फाईनल प्रवेशका लागि वीरगञ्ज यूनाईटेड क्लबले भोलि त्रिभूवन आर्मी क्लबको सामना गर्नेछ । आज र भोलि विजयी हुने टिमले उपाधीका लागी फागुन ५ गते फाईनल खेल खेल्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*