सिमरा बिमानस्थलमा पनि तालिम प्राप्त कुकुर

ए वान डेस्क
३० फाल्गुन २०७४, बुधबार ११:०९

बाराको सिमरा बिमानस्थलमा पनि तालिम प्राप्त कुकुर राख्ने तयारी गरिएको छ । प्रदेश नम्बर २ का तीन विमानस्थलमा कुकुर खटाउने तयारी अनुरुप प्रदेश प्रहरीले सिमरामा पनि कुकुर राख्न लागेको हो । सिमरा, जनकपुर र सप्तरी विमानस्थलमा विशेष तालिम प्राप्त कुकुर राख्ने तयारी भईरहेको प्रदेश प्रहरी प्रमुख एआइजी विजयलाल कायस्थले जानकारी दिनुभयो ।

‘विमानस्थलको सुरक्षा व्यवस्थालाई चुस्तदुरुस्त बनाउन तालिम प्राप्त कुकुर राख्ने तयारी गरिएको हो, पहिलो चरणमा एक महिनाभित्रै सिमावर्ती क्षेत्रमा कुकुर राखिनेछ,’ कायस्थले भने, ‘निकट भविष्यमा विमानस्थलमा पनि कुकुर राख्ने योजना छ’ ।

प्रदेश २ को सुरक्षा यसकारण संवेदनशील

प्रदेश २ का सबै जिल्लाको भारतसँग खुला सिमाना जोडिएको छ । खुला सिमानाकै कारण अपराधीलाई ओहोरदोहोर गर्न सहज छ । तराईका भूमिगत समूहहरूको अधारभूमि प्रदेश २ नै रहेकाले पनि सुरक्षा संवेदनशीलतामा ध्यान दिइएको प्रदेश प्रहरी प्रमुख विजयलाल कायस्थले बताए ।

‘सामान्यतः जहा गरिबी बढी हुन्छ, त्यहाँ नै बढी अपराध हुन्छ, यो प्रदेशभित्र पनि गरिबको संख्या धेरै छ, चोरी, डकैतीलगायत अपराधका घटना बढी हुन्छन्,’ उनले भने । कुकुर परिचालनपछि आपराधिक घटनामा कमी आउने एआइजी कायस्थले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*