मन्त्री सोनलद्धारा सिमरा महोत्सवको अवलोकन

ए वान डेस्क /
प्रदेश नम्बर २ का भौतीक पुर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले आज बाराको सिमरामा जारी प्रथम सिमरा औद्योगिक व्यापार, कृषि मेला तथा खेलकुद महोत्सवको अवलोकन गर्नुभएको छ । तेश्रो दिन आज दिउसो महोत्सव स्थल सिमरा रंगशाला आईपुग्नुभएका मन्त्री सोनलले महोत्सवको अवलोकन गर्दे आगँमी बर्षखदेखि २ नम्बर प्रदेशभित्र हुने बिभिन्न मेला महोत्सवमा सरकारले लगानी गर्ने बताउनुभयो ।
‘यो कार्यक्रम देखेर म धेरै खुशि छु, आयोजक सबैलाई मनैदेखि धन्यवाद दिन चाहन्छु’ अवलोकनपछि आयोजित कार्यक्रममा बोल्दै मन्त्री सोनलले भन्नुभयो । स्थानीय उत्पादनले बजार पाएको देख्दा आफु निकै खुशि भएको भन्दै उहाले महोत्सवबाट चौतफी उपलब्धि लिन सकिने बताउनुभयो ।
यस्ता कार्यक्रम बिभिन्न जिल्ला आयोजना गर्न जरुरी रहेकोभन्दै उहाले आयोजकलाई सफल्ताको शुभकामना व्यक्त गर्नुभयो । कार्यक्रमकाबिच आयोजक मुल समारोह समितिका संयोजक हरि चौधरीले मन्त्री सोनलले मायाको चिनो वितरण गर्नुभएको थियो ।
मन्त्री सोनललाई यसअघि सह–संयोजक आरिफ हुसेन, सचिव शैलेस राज अर्याल, सदस्यहरु सोमलाल बोमजन, समिर आले लगायतले स्वागत गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन प्रेस संयोजक प्रदिप गौतमले गर्नुभएको थियो ।