सिमरा महोत्सवमा कुस्ती प्रतियोगिता शुरु

ए वान डेस्क
१३ चैत्र २०७४, मंगलवार २१:२९

ए वान डेस्क /

बाराको सिमरामा आजदेखि कुस्ती प्रतियोगिता शुरु भएको छ । औद्योगिक शान्ति नेपाल काठमाण्डौ र नव दुर्गा युवा क्लब सिमराको मुख्य आयोजनामा सिमरास्थित सिमरा रंगशालामा जारी प्रथम सिमरा औद्योगिक व्यापार, कृषि मेला तथा खेलकुद महोत्सवमा आजदेखि कुस्ती प्रतियोगिता शुरु भएको हो ।

कुस्ती प्रतियोगिताको एक कार्यक्रमकाबिच मुल आयोजक समारोह समितिका संयोजक हरि चौधरीले उद्घाटन गर्नुभएको थियो । कुस्ती प्रतियोगिता ३ दिनसम्म चल्नेछ । प्रतियोगिता अन्र्तगत एक दिन महिला कुस्ती प्रतियोगितासमेत हुने मुल आयोजक समारोह समितिका सह–संयोजक आरिफ हुसेनले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*