फुटबलले बिग्रेको सम्बन्धपनि सुधार्छ : श्यामबाबु गुप्ता

ए वान डेस्क /
नेपाली काग्रेसका युवा नेता श्यामबाबु गुप्ताले फुटबल खेलले आपसी भाईचाराको सम्बन्ध स्थापित हुने बताउनुभएको छ । प्रथम सिमरा औद्योगिक व्यापार, कृषि मेला तथा खेलकुद महोत्सव २०७४ मा आजदेखि शुरु भएको भेट्रान फुटबल प्रतियोगिताको उदघाट्न गर्दे गुप्ताले यस्तो बताउनुभएको हो ।
‘फुटबल खेल भनेको यस्तो खेल हो, जसले बिग्रेको सम्बन्धपनि राम्रो बनाउछ’ उहाले भन्नुभयो । खेलले सबै समुदायको पहिचान स्थापित गराउनेभन्दै उहाले फुटबल खेललाई सबैले अगाडी बढाउनुपर्ने बताउनुभयो । नेपाली काग्रेसका नगर सभापति समेत रहनुभएका गुप्ताले भन्नुभयो ‘फुटबल खेललाई सबैले अगाडी बढाउनुपर्छ, यसलाई सभ्य रुपमा अगाडी बढाउन सबैले आ–आफ्नो ठाउबाट भुमिका निर्वाह गर्नुपर्छ’ ।
मुल आयोजक समारोह समितिका संयोजक हरि चौधरीको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा सल्लाहकार समितिका सदस्य डम्मरमणि थेवे लिम्बु, औद्योगिक शान्ति नेपालका अध्यक्ष सन्दिप महत लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन गायक रमेश श्रेष्ठले गर्नुभएको थियो ।
प्रतियोगितामा नेपाल र भारतका गरी १२ टिमको सहभागीता रहेको छ ।