भदौदेखि बहुविवाह कानुनी रुपमा दर्ता नहुने

ए वान डेस्क
८ बैशाख २०७५, शनिबार ०८:१६

आँउदो भदौ १ गतेदेखि बहुविवाह कानुनी रुपमा दर्ता नहुने भएको छ । मौजुदा कानुनले कसैले बहुविवाह गरे र पीडित पक्षले मुद्दा हाले कानुनी कारबाहीको व्यवस्था गरिएको छ। तर भदौबाट लागू हुने नयाँ कानूनमा वहुविवाह भन्ने शब्दलाई नै बन्देज लगाइएको छ । यो खबर हामीले आजको नेपाल समाचार पत्रबाट लिएका हौ।

बलात्कार गरेर हत्या गरेमा, अपहरण गरेर हत्या गरेमा, जातीय(जाति नै समाप्त हुने गरी) हत्य गरेमा आजीवन काराबासको व्यवस्था गरिएको छ ।

मुलुकी अपराध(संहिता) ऐन, २०७४ ले समाजमा गलत गतिविधि गर्नेलाई कडा कानुनी कारवाही गर्ने कानुन पारित गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*