जीतपुरसिमरा उप–महानगरपालिकामा काम खोज्दै जनप्रतिनिधि, भन्छन् ‘हाम्रो काम के’ ?

ए वान डेस्क
१४ बैशाख २०७५, शुक्रबार १८:३३

प्रदिप गौतम

जीतपुरसिमरा उप–महानगरपालिकाले असोज १० गते जनप्रतिनिधि पायो । उप–महानगरले जनप्रतिनिधि पाएको ७ महिना भन्दा बढि भईसक्यो । तर पनि जीतपुरसिमरा उप–महानगरपालिकाका वडा सदस्यहरुले आफुहरुले जिम्मेवारी नपाएकोभन्दै असन्तुष्टि व्यक्त गर्न थालेका छन् ।

असोज १० गते सपथ खाएका उनिहरुले जनप्रतिनिधि भएको ७ महिनाभन्दा बढि समय बितिसक्दा पनि उप–महानगरले उचित जिम्मेवारी नदिएको भन्दै असुन्ष्टि व्यक्त गरेका हुन् । संबिधानले वडा सदस्यहरुले गर्ने काम कर्तव्य र अधिकार प्रष्ट पारिसकेको छ । यद्धपि संबिधानले आफुहरुलाई वडामा मात्र सिमित राखेको भन्दै उप–महानगरले नै कानुन बनाएर उचित जिम्मेवारी दिनुपर्ने उनीहरुले बताईरहेका छन् ।

उनीहरुले यस बिषयमा पटक पटक मेयर, उप–मेयर र प्रशासकिय अधिकृतको समेत ध्यानाकष्र्ण गराईसकेका छन् । तर पटक पटक सम्बन्धीत निकायको ध्यानाकष्र्ण गराउदासमेत कुनै सुनुवाई नभएको एक जना वडा सदस्यले ए वान समाचारलाई बताए ।

३५ सदस्यि ‘कार्यपालिका’

जीतपुरसिमरा उप–महानगरपालिकामा ३५ सदस्यि ‘कार्यपालिका’ छ । कार्यपालिकामा उप–महानगरपालिकाका मेयर, उप–मेयर, प्रशासकिय अधिकृत, २४ वटै वडाका वडा अध्यक्षहरु, ५ जना निर्वाचित महिला सदस्य र ३ जना दलित तथा अल्पसंख्यक रहेका छन् ।

कार्यपालिकामा महिला सदस्यहरुबाट वडा नम्बर २ की सुमित्रा कार्की, वडा नम्बर १ की सुभद्रा न्यौपाने, वडा नम्बर १४ की रामदुलारी चौधरी, वडा नम्बर ९ की अनिता चौधरी र वडा नम्बर १९ की कमला अधिकारी रहनुभएको छ । यस्तै दलित तथा अल्पसंख्यकबाट वडा नम्बर १६ का सुन्दर सुनुवार, वडा नम्बर १९ का श्याम सुन्दर पाश्वान र वडा नम्बर १५ का राजकुमार राम रहनुभएको छ ।

‘हाम्रो काम के’ ?

कार्यपालिकामा रहेका ३५ जना मध्य २९ जनाले आफ्नो जिम्मेवारी सम्हालिरहेका छन् । अन्य ६ जना भने जिम्मेवारी बिहिन छन् । ५ जना महिला सदस्य मध्य वडा नम्बर २ की सुमित्रा कार्की र दलिततर्फ वडा नम्बर १६ का सुन्दर सुनारले जिम्मेवारी सम्हालिरहेका छन् । कुनैपनि जिम्मेवारी नभएपछि उप–महानगर पुग्ने ति सदस्यहरु दिक्क मानेर घर फर्कर्ने गर्दछन् ।

‘हाम्रो त्यहा काम नै छैन, कार्यपालिकाको बैठकमा बस्यो अनि घर फर्कियो’ एक महिला सदस्यले भनिन् । अर्का सदस्य रामचन्द्र अधिकारीले भने ‘हाम्रो सबै जना जिम्मेवारी बिहिन भयौ, हाम्रो काम वडाको कामलाई बैधानिकता दिने मात्र भयो’ ।

उपमहानगरले प्रभावकारी कानुन बनाएर वडा सदस्यहरुलाई जिम्मेवारी दिनुपर्ने उहाले बताउनुभयो । ‘मैले यस बिषयमा मेयर साबलाई धेरै पटक भनिसकेको छु, उहा यस बिषयमा खासै गंभिर हुनुभएको छैन’ उहाले भन्नुभयो ।

मेयरलाई ११ बुदे अवधारणापत्र

जीतपुरसिमरा उप–महानगरपालिकाका ९६ जना वडा सदस्यहरुले मेयर पौडेलको ध्यानाकष्र्ण गराएका छन् । उप–महानगरपालिकाको कार्यालय पुगेर उनीहरुले ११ बुदे अवधारणा पत्रमाफर्त मेयर पौडेलको ध्यानाकष्र्ण गराएका हुन् । यसअघि वडा सदस्यहरुले नेपालको संबिधान अनुसार आफ्नो काम, कर्तब्य र अधिकारका बिषयमाम छलफल गरेका थिए ।

मेयरलाई ज्ञापन बुझाउन न्यायिक समितका सदस्यसहित १५ जनाको टिम उप–महानगर पुगेको थियो । मेयरसहित उप–मेयर सरस्वती चौधरी, प्रशासकिय अधिकृत रामकृष्ण उप्रेतीलाई पनि ११ बुदे अवधारण पत्र बुझाईएको वडा सदस्य रामचन्द्र अधिकारीले जानकारी दिनुभयो ।

के भन्छन् मेयर ?

जीतपुरसिमरा उप–महानगरपालिकाका मेयर डा. कृष्ण पौडेलले वडा सदस्यहरुलाई कानुन बनाएर जिम्मेवारी प्रदान गरिने बताउनुभएको छ । अब अहिले नगरसभाको तयारी हुदैछ, त्यसपछि हामी कार्यभिजनाको काम गछौ ए वान समाचारसंग कुरागर्दे मेयर पौडेलले भन्नुभयो ।

नगरसभाबाट कानुन बनाएर जिम्मेवारी प्रदान गर्न उप–महानगर तयार रहेको उहाले बताउनुभयो । ‘हामी यस बिषयमा गंभिर छौ, अब छिट्टै कानुन बनाएर नगरसभाबाट पास गर्छौ’ उहाले भन्नुभयो ।

संबिधानमा कस्तो व्यवस्था छ ?

अध्यक्ष/प्रमुखले तोकेको बिषयक क्षेत्रको संयोजक वा प्रमुख भई काम गर्न सक्ने कुरा संबिधानमा उल्लेख गरिएको छ । यस्तै निर्वाचित सदस्यले आफ्नो वडा समितिको अध्यक्ष समेतको कार्य गर्न सक्नेछ । यस्तै अध्यक्षले तोकेको अन्य कामपनि गर्न सक्ने कुरा उल्लेख गरिएको छ । सदस्यहरुले वडाको काम बाडफाड गरेरपनि गर्न सक्छन् । सदस्यहरु वडा समितिको बैठकमा पनि भाग लिन सक्नेछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*