समृद्धी र विकासका बिषयमा एक दिने अन्र्तक्रिया

ए वान डेस्क /
जिल्लाको समृद्धी र विकासका बिषयमा बाराको पथलैयामा आज एक दिने अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेकपा एमाले जिल्ला कमिटि बाराको आयोजनामा पथलैयामा एक दिने अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको हो । अन्र्तक्रिया कार्यक्रमको नेकपा एमालेका पोलिटब्युरो सदस्य एवम कार्यदल संयोजक बंसिधर मिश्रले उद्घाटन गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै मिश्रले प्रदेश नम्बरको २ को विकास गर्न एमाले नेतृत्वको सरकार गंभिर रहेको बताउनुभयो । ‘प्रदेश नम्बर २ लाई समृद्ध बनाउन एमाले सरकार प्रतिवद्ध छ यो प्रदेशलाई हामी सुन्दर र समृद्ध बनाउनछौ’ उहाले भन्नुभयो । कार्यक्रममा बारा जिल्लामा बन्न लागेका राष्ट्रिय गौरवका आयोजनाहरु राजधानि जोडने द्रुत मार्ग, दोश्रो अन्तराष्ट्रिय बिमानस्थल, बिशेष आर्थिक क्षेत्र सेज समयमा सम्पन्न हुनुपर्नेमा जोड दिइएको थियो ।
साथै बारा जिल्ला कृषि, पर्यटनका हिसाबले अत्यन्तै सम्भावना रहेको निष्र्कष निकाल्दै तरकारी, माछा र उखु जोन घोषणा गर्न माग गरीएको छ । बारा जिल्लाको दक्षिणी क्षेत्रका जनताको लाइफ लाइनको रुपमा रहेको कलैया बंकुल गण्डक सडक निर्माणका लागि यसैबर्ष बाट बजेट बिनियोजन गरी निर्माण कार्य सुरु गर्न र जिल्लाको सडक सञ्जाल बिस्तार गर्न माग गरीएको एमाले बाराका प्रचार बिभाग प्रमुख मनोज पौडेलले जानकारी दिनुभयो ।
जिल्ला कमिटिका अध्यक्ष सुन्दर विकको अध्यक्षतामा सम्पन्न कार्यक्रममा केन्द्रिय सदस्य सुमन प्याकुरेल, बलबिर चौधरी, पुर्व मन्त्रि पुरुषोत्तम पौडेल लगायतले जिल्लाको विकासका बिषयमा आफ्नो धारणा राख्नुभएको थियो । देवनारायण चौधरीले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन प्रचारविभाग प्रमुख मनोज पौडेलले गर्नुभएको थियो ।