पूर्वराजा ज्ञानेन्द्र शाह आज सिमरा आउदै

ए वान डेस्क
३० बैशाख २०७५, आईतवार १४:०९

ए वान डेस्क /

पूर्वराजा ज्ञानेन्द्र शाह आज बाराको सिमरा आउदैछन् । उनीसँगै उनका निजी सचिव सागर तिमल्सिना, अर्दली, सशस्त्रका सुरक्षाकर्मीलगायतको टोली आज सिमरा आउन लागेका हुन् ।

शाह अहिले दिउसो ३ बजेको बिमानमा सिमरा आउने कार्यक्रम छ ।

करिब तीन साता लामो भ्रमणका लागि पुर्व राजा शाह आज सिमरा आउन लागेको निर्मल निवास स्रोतले जनाएको छ । त्यस अवसरमा सिमरामा रहेका बालसखा प्रभु शमशेरको घरमा बसी त्यहीँबाट राजनीतिक भेट गर्ने बताइएको छ ।

उक्त क्रममा उनले विभिन्न राजावादी दलका नेता, कार्यकर्तासँग भेटघाट गर्ने कार्यक्रम रहेको स्रोतले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*