साझेदारी बन काण्ड : कार्यदलको प्रतिवेदनपछि कसले के भने ?

ए वान डेस्क
७ जेष्ठ २०७५, सोमबार २१:५४

ए वान डेस्क /

साझेदारी वन उपभोक्ता महासंघका अध्यक्ष बिन्देश्वर पटेलले सहजनाथ साझेदारी वन व्यवस्थापन समितिमा भएको भनिएको काठ तस्करीको घटनामा आफ्नो कुनै संलग्नता नरहेको दाबी गर्नुभएको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत उहाले आज निश्पक्ष छानविन गर्न सरकारलाई आग्रह गर्नुभयो ।

फेसबुकमा उहाले लेख्नुभएको छ ‘सहजनाथ साझेदारी वनको काठ त के सिन्को बेचबिखन वा तस्करीमा मेरो सँलग्नता भए मेरो सरुवा होइन जागीर खाइदिए हुन्छ, यसको निष्पक्ष छानबीनको लागि आग्रह गर्दछु’ । उहाले यस बिषयमा नेफ्टाको भोलिको बैठकमा थप छलफल हुने कुरासमेत उल्लेख गर्नुभयो ।

‘यस बिषयमा छलफल हुनेछ, मलाई बदनाम गराउने कसरत हो यो, बिस्तारै पर्दा उठदै जाने छ’ उहाको स्टाटसमा लेखिएको छ । आफुलाई कसैलेपनि आचारसंहिता सिकाउन नपर्नेभन्दै उहाले साझेदारी बनको लागि बिनोद सिह र आफुले सक्दो सँघर्ष गरेको उल्लेख गर्नुभयो ।

यसबिषयमा हामीले जिल्ला वन कार्यालय बाराका प्रमुख बन अधिकृत भैरव प्रसाद घिमिरेसंग कुरागर्न खोजेपनि उहाको फोन उठ्ने । साथै घिमिरेले सामाजिक सञ्जालमार्फत पनि कुनै कुरा भन्नुभएको छैन् ।

सहजनाथ साझेदारीलगायत वनको काठ हिनामिनाबारे छानबिन गर्न गठित कार्यदलले जिल्ला वन अधिकृत (डीएफओ) सहित सबै कर्मचारी संलग्न रहेको ठहर गर्दै उनीहरूमाथि तत्काल कारबाही अघि बढाउन सुझाव दिएको थियो । वन तथा वातावरण मन्त्रालयका सहसचिव चन्द्रमान डंगोल नेतृत्वको कार्यदलले काठ हिनामिनामा वन अधिकृत (डीएफओ) भैरवप्रसाद घिमिरे, सहायक वन अधिकृतद्वय अमरदेवप्रसाद यादव, विन्देश्वरप्रसाद पटेल र रेन्जरहरूको प्रत्यक्ष संलग्नता देखिएको मन्त्रालयसमक्ष प्रतिवेदन दिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*