ठोरीलाई नमुना गाउपालिका बनाउछु : अध्यक्ष श्रेष्ठ

प्रदिप गौतम /
ठोरी गाउपालिकाका अध्यक्ष पि.एल श्रेष्ठले ठोरीलाई नमुना गाउपालिका बनाउने बताउनुभएको छ । ठोरीको विजयवस्तीमा आजदेखि शुरु भएको युवाका लागि लागु औषध दुव्र्यसनी विरुद्धको अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दे अध्यक्ष श्रेष्ठले अबको ४ बर्षमा ठोरीलाई नमुना बनाउने प्रतिवद्धता जनाउनुभयोे ।
बिभिन्न समयमा आयोजना हुने यस्ता अभिमुखीकरण कार्यक्रमले ठोरीलाई नमुना बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । ‘मैले चुनाव भन्दा अगाडी ठोरीलाई समृद्ध बनाउने कुरा बाचा गरेको थिए, त्यहि बाचा अनुसार अबको ४ बर्षमा म यो गाउपालिकालाई नमुना बनाउने सोचमा छु’ उहाले भन्नुभयो ।
उहाले ठोरीलाई लागु औषधमुक्त गाउपालिका बनाउने बताउनुभयो । ४ बर्षसम्म सबै वडामा लागु औषध दुव्र्यसनी विरुद्धको कार्यक्रम सञ्चालन गर्नेभन्दै उहाले लागु औषधमुक्त गाउपालिका बनाउन सबैले सहयोग गर्नुपर्ने बताउनुभयो । ठोरी गाउपालिकाको सहयोगमा कपुरबोट मिडिया प्रा.लिले नेपाल राष्ट्रिय माद्यामिक बिद्यालय विजयवस्तीमा अभिमुखीकरण आयोजना गरेको हो ।
कुपरबोट मिडिया प्रा.लिका अध्यक्ष संतोष देउजाको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा वडा नम्बर ४ का वडा अध्यक्ष बई बहादुर तामाङ्ग, बिद्यालयका प्रधानाध्यापक नारायण लामा लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन पत्रकार प्रभात लामाले गर्नुभएको थियो ।
अभिमुखीकरण कार्यक्रममा ५० जना युवा/युवतीहरु सहभागी छन् । कार्यक्रममा सहभागीहरुलाई नया गोरेटो पुर्नस्थापना केन्द्र पथलैयाका अध्यक्ष राजकुमार लामाले प्रशिक्षण दिईरहनुभएको छ ।
यसैबिच, कपुटबोट मिडिया प्रा.लि कै आयोजनामा किशोरीका लागि यौन तथा प्रजनन् शिक्षा सम्बन्धी अभिमुखीकरण कार्यक्रम शुरु भएको छ । कार्यक्रमको उद्घाटन गर्दे ठोरी गाउपालिकाका अध्यक्ष पि.एल श्रेष्ठले महिलालाई हरेक किशिमका गतिविधिले आत्मर्निभर बनाउने बताउनुभयो ।
कुपरबोट मिडिया प्रा.लिका अध्यक्ष संतोष देउजाको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा वडा नम्बर ४ का वडा अध्यक्ष बई बहादुर तामाङ्ग, बिद्यालयका प्रधानाध्यापक नारायण लामा लगायतको उपस्थिति रहेको थियो ।
आजैबाट बालभित्ते पत्रिका लेखन सम्बन्धी ३ दिने तालिम शुरु भएको छ । तालिममा ठोरी गाउपालिकाको ५ वटा माद्यामिक र एउटा आधारभुत बिद्यालयका गरी ६० जना बिद्यार्थीहरु सहभागी छन् । सहभागीहरुलाई पत्रकार प्रेम लामा र शिक्षक नारायण लामाले प्रशिक्षण दिईरहनुभएको छ ।
तालिमको ठोरी गाउपालिकाका अध्यक्ष पि.एल श्रेष्ठले उद्घाटन गर्नुभएको थियो । कुपरबोट मिडिया प्रा.लिका अध्यक्ष संतोष देउजाको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा वडा नम्बर ४ का वडा अध्यक्ष बई बहादुर तामाङ्ग, बिद्यालयका प्रधानाध्यापक नारायण लामा लगायतको उपस्थिति रहेको थियो ।
यसैबिच, ठोरी गाउपालिकाका अध्यक्ष पि.एल श्रेष्ठले नेपाल राष्ट्रिय माद्यामिक बिद्यालयमा जारी जनजाती युवाका लागि ३ दिने पत्रकारिता तालिम र आपसी मेलमिलाप र दिगो विकास सम्बन्धी ३ दिने अभिमुखीकरण तालिमको आज अवलोकन गर्नुभएको छ । तालिमको अवलोकन गर्दे अध्यक्ष श्रेष्ठले तालिममा सिकेका कुरा व्यवहारमा लागु गर्न आग्रह गर्नुभयो ।
जनजाती युवाका लागि ३ दिने पत्रकारिता तालिममा सहभागीहरुलाई पत्रकार प्रेम लामा, प्रताप लामा र प्रभात लामाले प्रशिक्षण दिईरहनुभएको छ । यस्तै आपसी मेलमिलाप र दिगो विकास सम्बन्धी ३ दिने अभिमुखीकरण तालिममा सहभागीहरुलाई पत्रकार केसी लामिछानेले प्रशिक्षण दिईरहनुभएको छ ।