मेयर कप फूटवल : उपाधीका लागी आज वडा नं. १ र २ भिड्ने

सिमरामा जारी जीतपुरसिमरा उपमहानगर स्तरीय प्रथम मेयर कप फूटवलको उपाधीका लागि आज वडा नं. १ र वडा नं. २ भिड्ने भएका छन् । दुई टिमबिचको खेल दिउसो ३ बजेपछि सिमरा रंगशालामा शुरु हुनेछ ।
वडा नं. २ ले वडा नं. ५ र वडा नं. १२ लाई पराजित गर्दै वडा नं. १ ले उपाधी भिडन्त पक्का गरेको हो ।
जीतपुरसिमरा उपमहानगरपालिकाको सहयोगमा सामुदायिक बिकासशील क्लबले आयोजना गरेको प्रतियोगिताको बिजेताले ५० हजार र उपबिजेताले २५ हजार प्राप्त गर्नेछ । जेष्ठ १७ गतेदेखी सुरु भएको प्रतियोगितामा उपमहानगरको २४ वटा वडाको सहभागिता रहेको थियो ।