स्थानीय तहमा सूचना सहज गराउन आयुक्त बाँस्कोटाको आग्रह

ए वान डेस्क
६ असार २०७५, बुधबार २१:२५

सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाले स्थानीय तहमा प्रवाह गर्नुपर्ने सूचना नागरिकलाई सहज उपलब्ध गराउन आग्रह गर्नुभएको छ ।

आज धनकुटा नगरपालिकामा आयोजित स्थानीय तहका जनप्रतिनिधि एवं कर्मचारीका लागि सूचनाको हकसम्बन्धी सचेतना कार्यक्रममा बाँस्कोटाले नेपालको संविधानमा मौलिक हकका रुपमा व्यवस्था गरिएका सूचनाको हक मुख्य सेवाप्रवाह गर्ने स्थानीय तहबाट नै कन्जुस्याईं भए संघीयता धरापमा पर्ने बताउनुभयो ।

स्थानीय स्वायत्त शासन ऐनमा स्थानीय तहले सर्वसाधारणको सूचनामा पहुँच पु¥याउन प्रत्येक तीन महिनामा सार्वजनिक गर्नुपर्ने अनिवार्य व्यवस्था गरेका कारण सोतर्फ ध्यान दिन उहाँले आग्रह गर्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*