गाई गोरुसहित बारामा २ जना पक्राउ

ए वान डेस्क
१० असार २०७५, आईतवार १५:००

ए वान डेस्क /

गाई गोरुसहित बारामा २ जना पक्राउ परेका छन् । नेपालबाट भारततर्फ अवैध रुपमा चोरी निकासी गरी गाई तथा गोरु लैजादै गरेको बिशेष सुचनाको आधारमा प्रहरीले २ जनालाई पक्राउ गरेको हो ।

उनीहरुलाई सिम्रौनगढ नगरपालिका वडा नं. ६ कवलपुरबाट प्रहरीले हिजो पक्राउ गरेको हो । प्रहरी निरिक्षक खगेन्द्र धमलाको नेतृत्वमा खटिएको प्रहरी टोलिले उनीहरुको साथबाट ३ वटा गाई र १ वटा गोरु नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा बारा पचरौता नगरपालिका वडा नं. ९ निवासी अन्सारुलहक अन्सारी र भारत मोतिहारीका मनान अन्सारी रहेको प्रहरी निरिक्षक खगेन्द्र धमलाले जानकारी दिनुभयो । प्रहरीका अनुसार पक्राउ परेका २ जनाको बिषयमा थप अनुसन्धान भईरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*