मानन्धरको ठाउमा गणेश प्रसाद भट्राई बारा आउने

ए वान डेस्क
१४ असार २०७५, बिहीबार २१:०९

प्रदिप गौतम /

प्रमुख जिल्ला अधिकारी ‘सिडिओ’ को जिम्मेवारी सम्हाल्न् गणेश प्रसाद भट्राई बारा आउनुहुने भएको छ । प्रमुख जिल्ला अधिकारी विजयनारायण मानन्धरले अवकाश प्राप्त गर्नुभएपछि गृह मन्त्रालयले भट्राईलाई बारा पठाउन लागेको हो ।

भट्राई अहिले केन्द्रिय कारागार व्यवस्थापन विभागमा निर्देशक हुनुहुन्छ । प्रमुख जिल्लाको अधिकारीको जिम्मेवारी सम्हाल्न भट्राई केहिदिनमा बारा आउने बुझिएको छ ।

‘नया सिडिओ साब २–३ मा बारा आउने जानकारी हामीले पाएका छौ’ बाराका निमित्त प्रमुख जिल्ला अधिकारी मुकेश केशरीले ए वान समाचारसंग भन्नुभयो । १९ महिनासम्म बारामा सिडिओको जिम्मेवारी सम्हाल्नुभएका मानन्धर आज काठमाण्डौ प्रस्थान गर्नुभएको छ ।

मानन्धरले भोलिदेखि निवृत जिवन बिताउदै हुनुहुन्छ । ५५ बर्षका मानन्धरले जागिर जिवनको ३६ बर्षमै अवकास प्राप्त गर्नुभएको हो ।

मानन्धर यसअघि हुम्ला, कालिकोट, धनकुटा र सिराहमा प्रमुख जिल्ला अधिकारी हुनुहुन्थ्यो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*