वडा नम्बर ३ मा अतिक्रमण गरी बनाईएका घर टहरा हटाईने (सुचनासहित)

ए वान डेस्क /
जीतपुरसिमरा उप–महानगरपालिका वडा नम्बर ३ मा अतिक्रमण गरी बनाईएका घर टहरा हटाईने भएको छ । अतिक्रमण गरी बनाईएका घर टहराका कारण बजनी चोकबाट पर्ने भित्रि सडक कुरुप देखिएकोभन्दै वडा कार्यालयले घर हटाउन हटाउन लागेको हो ।
त्यसको लागी वडा कार्यालयले सरोकारवालाबिच छलफल गरेर सार्वजनीक सुचनासमेत जारी गरिसकेको वडा अध्यक्ष जगरनाथ घिमिरेले ए वान समाचारलाई जानकारी दिनुभयो । नाप नक्साङकन अनुसार मुख्य सडक वरपरी रहेका घर टहरा भत्काउन वडा कार्यालयले हिजो ३ दिने सार्वजनीक सुचना जारी गरेको छ ।
हिजो ३ दिने सार्वजनीक सुचना जारी गर्दे वडा कार्यालयले भोलिसम्म नक्साङकन अनुसारको संरचना नहटाईए आवश्यक अदम चाल्ने बताएको छ । सुचनामा भनिएको छ ‘२३ गतेसम्म संरचना नहटाईए प्रशासनको उपस्थितिमा संचरना हटाईनेछ’ ।
‘सिप्रदिले बाटोको लागी छाडेको जग्गाभित्र बनेका संरचना हामीले हटाउन भनेका हौ, यदी उहाहरुले हटेर गर्नुभयो भने हामी प्रशासनको उपस्थितिमा जसरीपनि संरचना हटाउछौ’ अध्यक्ष घिमिरेले भन्नुभयो । घर टहरा हटाउने बिषयमा केहिदिन अघि सरोकारवालाबिच बजनीमा छलफल भएको थियो ।
पछिल्लो समय बजनीमा मालपोत र नापी कार्यालय स्थापना भएपछि सेवाग्राहीको अत्याधिक चाप बढेको छ । जसका कारण सेवाग्राहीलाई आवातजावतमा समेत समस्या उत्पन्न भएको छ । तर अव्यवस्थित संरचना हटेपछि भने निकै सहज हुने वडा अध्यक्ष घिमिरेले बताउनुभयो ।