बहुउदेश्य समाजले ठोरीमा दशै लाईभ ईन कन्र्सट गर्ने

ए वान डेस्क /
पर्साको ठोरीमा रहेको बहुउदेश्य समाज सेवा क्लब सुवर्णपुरले दशै लाईभ ईन कन्र्सट गर्ने भएको छ । नेपालीहरुको महान पर्व बडादशै तथा शुभ–दिपावलीको अवसरमा दशै लाईभ ईन कन्र्सट गर्ने भएको हो ।
स्थानीय बनशक्ति मन्दिरको जिर्णोदार गर्ने उदेश्यसहित क्लबले बाघमोर्चा बजार सुवर्णपुरमा कन्र्सट गर्न लागेको कन्र्सट मुल आयोजक समारोह समितिका संयोजक सुनिल सुनुवारले ए वान समाचारलाई जानकारी दिनुभयो । सुनुवारका अनुसार कार्यक्रममा स्थानीय तथा राष्ट्रिय कलाकारहरुले आफ्नो प्रस्तुती देखाउनेछन् ।
कन्र्सटमा नेपालका चर्चित गायक कमल के क्षत्री, गायिका सहिमा श्रेष्ठ, टिका प्रसाई, गायक रमेश श्रेष्ठ मेलोडी, गायिका पार्वती तिमल्सिना, प्रमोद जखमी लगायतले आफ्नो प्रस्तुती देखाउनेछन् । साथै कन्र्सटमा टिम युर्निभर्सल डान्स गु्रप सिमरा र द लिटिल ब्रिथ ब्याण्ड बाराले समेत आफ्नो प्रस्तुती देखाउने संयोजक सुनुवारले जानकारी दिनुभयो ।
कन्र्सटमा ईभेन्ट पार्टनरको रुपमा हाम्रो समन क्याम्प सिमरा, मिडिया पार्टनर रेडियो विजयवस्ती र अनलाईन पार्टनरको रुपमा ए वान समाचार डटकम रहेको छ । असोज ३० गते फुलपातीको दिन हुने कन्र्सट दिउसो २ बजेदेखि शुरु हुने सुनुवारले बतानुभयो ।
क्लबले यसअघि पनि बिभिन्न सामाजिक कार्य गर्दे आएको छ । यसअघि क्लबले महायज्ञसहित सास्कृतीक कार्यक्रम गर्दे आएको क्लबका अध्यक्ष रंजित कार्कीले जानकारी दिनुभयो ।
यसअघि सुवर्णपुरमा आयोजित महायज्ञबाट क्लबले एम्बुलेन्स गरिद गरेको थियो ।