बारा महोत्सव : सर्वपक्षिय भेला सम्पन्न, सासंदहरुले दिए शुभकामना

ए वान डेस्क /
बारा क्षेत्र नम्बर ४ क की प्रदेशसभा सदस्य ज्वाला साहले बाराको उत्तरी क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा बिकास गर्नुपर्ने बताउनुभएको छ । एस फाउण्डेशन अफ नेपालले आयोजना गर्न लागेको कृषि, पर्यटन तथा औद्योगिक व्यापार मेला (बारा महोत्सव–२०७५) को सर्वपक्षिय भेलालाई सम्बोधन गर्दे सासंद शाहले यस्तो बताउनुभएको हो ।
‘हामि दिर्घकालिन सोचका साथ काम अगाडी बढाउनुपर्छ, यसमा सबै पक्ष लाग्नुपर्ने देखिन्छ’ उहाले भन्नुभयो । उहाले महोत्सवलाई भब्य र सभ्य रुपमा सफल बनाउनुपर्ने भन्दै त्यसको लागी आफुले सक्दो सहयोग गर्ने बताउनुभयो ।
कार्यक्रममा बोल्दै बारा क्षेत्र नम्बर ४ क का प्रदेशसभा सदस्य सुन्दर बिश्वकर्माले महोत्सवलाई सफल बनाउन सबै पक्ष लाग्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा प्रदेशसभा सदस्य शोभा लामाले सामाजिक उदेश्यसहित महोत्सव आयोजना गर्नु राम्रो पक्ष भएको बताउनुभयो ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका नेता अनिल श्रेष्ठ, ईलाका प्रशासन कार्यालय सिमराका प्रमुख बिशेश्वर रेग्मि, जीतपुरसिमरा उप–महानगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष राजेन्द्र चौधरी, वडा नम्बर १४ का वडा अध्यक्ष रामशरण बर्तौला, वडा नम्बर १५ का वडा अध्यक्ष रामप्रसाद लामिछाने, वडा नम्बर १७ का वडा अध्यक्ष नवराज खड्का, ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नीरिक्षक सुभाव हमाल नेपाली काग्रेसका नगर सभापति श्यामबाबु गुप्ता, समाजसेवी भरत बहादुर खड्का, नारायण क्षेत्री, नारायण बर्तौला, राजु अधिकारी, अमृतलाल श्रेष्ठ, गिता कडेल लगायतको उपस्थिति रहेको थियो । फाउण्डेशनका अध्यक्ष बेद प्रसाद भट्टको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सञ्चारकर्मी प्रदिप गौतमले गर्नुभएको थियो ।
बारा महोत्सव–२०७५
कृषि, पर्यटन तथा औद्योगिक व्यापार मेला (बारा महोत्सव–२०७५) बाराको जीतपुरसिमरा उप–महानगरपालिकामा हुन लागेको हो । एस फाउण्डेशन अफ नेपालको मुख्य आयोजनामा कार्तिक ९ गतेदेखि १९ गतेसम्म वडा नम्बर १४ मा महोत्सव हुनु लागेको हो ।
“कृषि, पर्यटन र उद्योग बाराको पहिचान, प्रर्दशनी स्थल निर्माण हाम्रो अभियान” भन्ने मुल नाराका आयोजना गर्न लागिएको महोत्सवमा कृषि उत्पादनको बजारीकरण तथा प्रवद्र्धन, पर्यटन प्रवद्र्धन, औद्योगिक उत्पादनको प्रर्दशनी, दैनिक स्थानिय तथा राष्ट्रिय कलाकारद्वारा साँस्कृतिक कार्यक्रमको प्रस्तुती सहित महोत्सवमा बालमेला व्यवस्था गरिएको फाउण्डेशनका अध्यक्ष बेद प्रसाद भट्टले जानकारी दिनुभयो । महोत्सवमा बारा र आसपासका जिल्लाहरुवाट करिव दुई लाख दर्शकले सहभागिता जनाउने अनुमान गरिएको छ । अध्यक्ष भट्टले मेलाबाट हुने आर्थिक उपलब्धीलाई सामाजिक क्षेत्रमा सहयोग पुर्याउने बताउनुभयो ।
एस फाउण्डेशन अफ् नेपाल मुनाफा वितरण नगर्ने सामाजिक संस्था हो ।