जनकल्याण साकोसको १८ औं साधारण सभा सम्पन्न

बाराको जीतपुरसिमरामा रहेको जनकल्याण बचत तथा ऋण सहकारी संस्थाले आफ्रनो १८ औं वार्षिक साधारण सभा समापन गरेको छ ।
यस भेगकै जेठो सहकारीका रुपमा स्थापित साकोसले कोभिड महामारीका कारण फरक कार्यबिधि निर्माण गरी सभा सम्पन्न गरेको छ । मंसिर २ गतेदेखी साधारण सभा शूरुवात गरी शेयर सदस्यहरुलाई आगामी रणनिति र आय व्यय विवरण वितरण गरी राय सुझाव र प्रतिकृया संकलन कार्य शुरु गरिएको थियो ।
आज एक औपचारिक कार्यक्रमका बिच कार्यालय परिसरमा क्षेत्रगत प्रतिनिधीलाई समेटेर साधारण सभा सम्पन्न गरेको छ ।
कार्यक्रमको औपचारिक उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथी पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत मनोज कुमार साहले संस्थाको प्रगति बिवरणले हर्षित भएको बताए ।
मध्यवर्ती क्षेत्र अन्तर्गतबाट संचालनमा रहेको यस सहकारीले बिषेशगरी मध्यवर्ती क्षेत्रमा बसोबास गर्नेहरुको आयआर्जन वृद्धीमा टेवा पुर्याएको भन्दै साहले निकुञ्जले कुनैपनी प्रकारले सहकारीसंग सहकार्य गर्न तयार हुने समेत प्रतिवद्धता जनाए ।
यसैबिच बारा बचत तथा ऋण सहकारी संघका अध्यक्ष सतेन्द्र ठाकुरले जनकल्याण साकोस सबैको अभिभावक सहकारीका रुपमा स्थापित रहेको भन्दै आगामी दिनमा उत्पादनका क्षेत्रमा काम गर्न आवश्यक रहेको बताए । उनले जिल्लाभरीका सहकारीहरुको साझा अभियानमा कृषि उत्पादनका क्षेत्रमा काम गर्न संघले तयारी गरिरहेको समेत जानकारी दिए ।
त्यस्तै जीतपुरसिमरा, कार्यपालीका सदस्य शोभा कार्कीले सहकारीले यस भेगमा प्रभावकारी काम गरेको भन्दै आगामी दिनमा समेत अनुकरणीय अभ्यास गर्दैजाने आसा ब्यक्त गरिन् ।
त्यसैगरी कार्यक्रममा जनहित उपभोक्ता समितीका अध्यक्ष अमृतलाल श्रेष्ठले मध्यवर्ती क्षेत्र र सहकारीबिच समन्वय हुन आवश्यक रहेको भन्दै उनले सहकारीले मध्यवर्ती क्षेत्रका जनताका लागी बिशेषरुपमा अपनत्व लिई काम गर्न आवश्यक रहेको बताए ।
कार्यक्रममा जनहित उपभोक्ता समिती र भिमेश्वर सामुदायिक बन उपभोक्ता समुहलाई सहकारीले सम्मान समेत गरेको छ । सहकारीमा लगानीमा सहकार्य गरी शेयर सदस्यहरुलाई आर्थिक उपार्जनमा टेवा पुर्याउन बिभिन्न कोष मार्फत लगानी गरेको भन्दै सहकारीले सम्मान गरेको हो ।
संचालक समितीकी वरिष्ठ उपाध्यक्ष कमला घिमिरेको स्वागत मन्तब्य र सहकारीका अध्यक्ष मदुसुदन सिटौलाको सभापतित्वमा उद्घाटन सत्र सम्पन्न भएको हो ।
यसैबिच साधारण सभाको बन्द सत्रले एक उच्च स्तरिय समिति समेत चयन गरेको छ । सहकारी बिज्ञ मुकुन्द बहादुर क्षेत्रीको संयोजकत्वमा ७ सदस्सीय समिती गठन गरेको छ ।
समितीमा क्षेत्री संयोजक रहने गरी सहकारी अभियन्ता रमेश पण्डित, पेसल मुल्मी, कमला घिमिरे लगाएत ५ सदस्य सभाबाट चयन गरिएको छभने २ जना संयोजकको तजविजमा आवश्य बिज्ञलाई चयन गरिने बताईएको छ ।
नव गठित समितीले सहकारीलाई नेपाल केन्द्रिय बचत तथा ऋण सहकारी संघले संचालन गरेको प्रोवेशन ब्राण्डमा दर्ता हुन प्रकृया पुरा गरी कार्यान्वयनमा जान अधिकार पाएको छ ।
त्यस्तै सहकारीको नामाकरण संशोधन, अन्य बिभिन्न ऐन तथा बिनियम संशोधन लगाएतका बिभिन्न जिम्मेवारी पुरा गर्न समिति गठन गरिएको संस्थाका सचिव भरत भुर्तेलले जानकारी दिए । समितीले ३ महिना भित्र कार्य सम्पादन गरिसक्न समेत साधारण सभाले समयसिमा तोकेको छ ।
हाल १७ सय शेयर सदस्यहरु बिच सेवा दिईरहेको यस साकोसले कुल पुंजी करिव १३ करोड पुर्याएको छ । सहकारीले यस बर्ष ४४ लाख मुनाफा आर्जन गरेकोे लेखा प्रतिवेदनमा उल्लेख गरिएको छ ।