दुधौरा महोत्सवमा आज बद्रि पंगेनी र र्यापर एस.टि म्यान आउने

ए वान डेस्क /
जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १४ स्थित दुधौरा खोला मैदानमा जारी दुधौरा महोत्सव २०७७ मा आज नेपालका चर्चित लोक दोहोरी गायक बद्रि पंगेनीले आफ्नो प्रस्तुती देखाउने भएका छन् ।
द लिड ईन्टरटेनमेन्ट एण्ड एण्ड एडभरटाईजिङ प्रा.लिको आयोजनामा दुधौरामा भईरहेको महोत्सवमा चर्चित गायक पंगेनी आउन लागेका हुन् । पंगेनीले अहिलेसम्म सर्यौ गितमा आफ्नो स्वर दिईसकेका छन् ।
पंगेनीको साथमा चर्चित र्यापर एस.टि म्यानले पनि आफ्नो प्रस्तुती देखाउने कार्यक्रम छ । यसका साथै चर्चित गायक रमेश श्रेष्ठ मेलोडि, गायक अरुण पौडेल, गायक सुशिल पौडेल, गायक ईश्वर पुडाशैनी, गायक सनि सुनार लगायत चर्चित डान्सरहरुले आफ्नो प्रस्तुती देखाउने कार्यक्रम छ । फागुण १ गतेदेखि शुरु भएको महोत्सव फागुण ११ गतेसम्म चल्नेछ ।
महोत्सवमा प्रदेश मिडिया प्रा.लि सिमराको सह आयोजक रहेको छ ।