यातायात व्यवसायीको समस्याबारे म गम्भिर छु : किशान श्रेष्ठ

ए वान डेस्क
२९ फाल्गुन २०७९, सोमबार २०:५७

बारा ४ का प्रतिनिधिसभा सदस्य कृष्ण कुमार श्रेष्ठ किशानले यातायात व्यवसायिको समस्या बारे आफु गम्भीर रहेको बताउनुभएको छ । तराई यातायात व्यवसायि संघ सिमराको नव निर्वाचित पदाधिकारीहरुको सपथ ग्रहण तथा प्रमाणपत्र वितरण कार्यक्रममा बोल्दै श्रेष्ठले यस्तो बताउनुभएको हो । देश आर्थिक संकटमा गुज्रिएको समयमा व्यवसायीको समस्या समाधान गर्न सरकार गम्भीर हुनुपर्ने उहाले बताउनुभयो । उहाले व्यवसायिको समस्या समाधानको निम्ति सबै अग्रसर हुनुपर्नेमा पनि जोड दिनुभयो । संघको कार्यालय परिसरमा आयोजित कार्यक्रमकाबिच नव निर्वाचित अध्यक्षसहित पदाधिकारीहरुलाई सपथ खुवाईएको थियो । उनीहरुलाई निर्वाचन कमिटीका प्रमुख मुकुन्द बहादुर छेत्रीले सपथ खुवाउनुभएको थियो । कार्यक्रममा बाराका प्रमुख जिल्ला अधिकारि, बाराका प्रहरि उपरीक्षक होबिन्द्र बोगटी, पत्रकार माहासङ् बाराका अध्यक्ष रेशम तिवारि लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै तराई यातायात व्यवसायी संघ सिमराका अध्यक्ष ओम कृष्ण कार्किले यातायात व्यवसायीको समस्या समाधानको निम्ति कुनै निकाय गम्भीर नभएको बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*