प्रथम अक्षरा महिला क्रिकेट प्रतियोगिता २०८२ भोलिदेखि

ए वान डेस्क
२४ कार्तिक २०८२, आईतवार १५:५३

बाराको सिमरामा भोलिदेखि प्रथम अक्षरा महिला क्रिकेट प्रतियोगिता २०८२ शुरु हुदैछ । अक्षरा पाठशाला सिमराको आयोजनामा भोलिदेखि शुरु हुने प्रतियोगिता कार्तिक २९ गतेसम्म चल्नेछ । प्रतियोगितामा १० वटा बिद्यालयको सहभागिता रहनेछ ।

एन प्याबसन सिमरा डुमरवाना अन्र्तगतको बार्षिक अनुसार बिद्यालयले पहिलो पटक प्रतियोगिता आयोजना गर्न लागेको एन प्याबसन सिमरा डुमरवानाका कोअर्डिनेटर लक्की रिमालले जानकारी दिनुभयो । प्रतियोगितामा लोटस एकेडेमी, न्यु एकता, एसपिईस, एक्स सर्भिसमेन, सेन्ट जोन्स, हालि गार्डेन, पाथिभारा, राष्ट्रिय बिभुती, मिसन एकेडेमी र अक्षरा पाठशालाको सहभागिता रहनेछ ।

प्रतियोगिता अन्र्तगत उद्घाटन खेल आयोजक अक्षरा पाठशाला र मिसन एकेडेमीबिच बिहान ११ बजेदेखि शुरु हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*