प्रथम बारा प्याब्सन अन्तर बिद्यालय क्रिकेट प्रतियोगिता शुरु, ९ बिद्यालयको सहभागिता

ए वान डेस्क
१५ मंसिर २०८२, आईतवार १८:००

बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा प्रथम बारा प्याब्सन अन्तर बिद्यालय क्रिकेट प्रतियोगिता शुरु भएको छ । निजि तथा आवासीय बिद्यालय अर्गनाईजेशन नेपाल प्याब्सन बाराको आयोनजामा वडा नम्बर ४ औराहामा आजदेखि प्रतियोगिता शुरु भएको हो ।

औराहाको सेज क्रिकेट मैदानमा शुरु भएको प्रतियोगिताको एक कार्यक्रमकाबिच जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलले उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा बोल्दै नगर प्रमुख पौडेलले खेल क्षेत्रको विकास उपमहानगर सधै अग्रसर रहेको बताउनुभयो । उपमहानगरभित्र हुने खेलका गतिविधिमा आफुहरु सधै अग्रसर रहेको भन्दै नगर प्रमुख पौडेलले खेलकुदको विकासमा हातेमालो गरेर अघि बढ्न तयार रहेको बताउनुभयो ।

कार्यक्रममा बोल्दै नगर उप प्रमुख भोला प्रसाद अधिकारीले खेलकुदको माद्ययमबाट बिद्यार्थिको क्षमता विकास गर्न सकिने बताउनुभयो । उहाले अध्ययनसंगै खेलकुदतर्फ आकर्षित गर्न यस्ता प्रतियोगिताले ठुला भुमिका खेल्ने बताउनुभयो ।

कार्यक्रममा बोल्दै जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ का वडा अध्यक्ष हरिदेव खरेलले बिद्यार्थिको भावना र चाहना अनुसार अतिरिक्त क्रियाकलाप अघि बढाउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा बारा प्याब्सनका सल्लाहकार नेत्र प्रसाद दहालले स्वागत मन्तब्य राख्नुभएको थियो ।

बारा प्याब्सनका अध्यक्ष राजु कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन शिक्षक रंजित सापकोटाले गर्नुभएको थियो । कार्यक्रममा बारा प्याब्सन अन्र्तगतका बिभिन्नका प्रधानाध्याकहरुको उपस्थिति रहेको थियो । मंसिर १७ गतेसम्म चल्ने प्रतियोगितामा ९ वटा बिद्यालयको सहभागिता रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*