९औ लोटस आधारभुत अन्तर बिद्यालय फुटबल प्रतियोगिता भोलिदेखि
ए वान डेस्क /
बाराको सिमरामा भोलिदेखि ९औ लोटस आधारभुत अन्तर बिद्यालय फुटबल प्रतियोगिता २०८२ शुरु हुदैछ । लोटस एकेडेमी सिमराको आयोजनामा शुरु हुने प्रतियोगिता कार्तिक ३० गतेसम्म चल्नेछ ।
प्रतियोगितामा १२ वटा बिद्यालयको सहभागिता रहने लोटस ऐकेडेमीका सुबाष अधिकारीले जानकारी दिनुभयो । एन प्याव्सन सिमरा डुमरवाना हबको बार्षिक कार्यक्रम अनुसार लोटस एकेडेमीले प्रतियोगिता आयोजना गर्न लागेको हो ।
प्रतियोगितामा पाथिभरा ई. बोर्डिङ स्कुल, लोटस एकेडेमी, अक्षरा पाठशाला, राष्ट्रिय बिभुती सामुदायिक शिक्षा सदन, सेन्ट जोन्स एकेडेमी, बारा एकता, साना किसान स्कुल, सिमरा पब्लिक ई. स्कुल, स्नो एपेक्स, मिसन एकेडेमी, एक्स सर्भिसमेन र होलि गार्डेन ई. बोर्डिङ स्कुलको सहभागिता रहने अधिकारीले जानकारी दिनुभयो । प्रतियोगिताको भोलि एक कार्यक्रमकाबिच उद्घाटन गर्ने कार्यक्रम छ ।























