सप्तरंगी साकोसको १४औँ बार्षिक साधारण सभा सम्पन्न
जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १४ मा रहेको सप्तरंगी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४औँ बार्षिक साधारण सभा सम्पन्न भएको छ। साधारणसभाको बारा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष सतेन्द्र ठाकुरले उद्घाटन गर्नुभएको थयो ।
कार्यक्रममा संस्थाकी अध्यक्ष शोभा केसीले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । संस्थाले आर्थिक बर्ष २०८१/०८२ मा ३२ लाख ५० हजार ३ सय २० रुपैया नाफा आर्जन गरेको छ भने १२ प्रतिशत लाभांस बितरण गर्ने संस्थाका ब्यवस्थापक गुणराज ढकालले जानकारी दिनुभयो ।
सहकारीमा १ हजार ८ सय ९८ जना सदस्य रहेका छन् । संस्थाले १३ करोड ७१ लाख ६७ हजार ४ सय रूपैयाँको कारोवार गरिरहेको छ । कार्यक्रममा व्यवस्थापक गुणराज ढकालले आर्थिक प्रतिवेदन र कोषाध्यक्ष विदुर खड्काले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।
संस्थाले यस वर्षको ‘सप्तरंगी समाज सेवा पुरस्कार’ सर्प संरक्षणकर्मी दीपक नेपाललाई प्रदान गरेको थियो। त्यस्तै संस्थाले बिभिन्न बिधातर्फ उत्कृष्ट बचतकर्ता, उत्कृष्ट कारोबारकर्ता, जेष्ठ नागरिक र नियमित दैनिक बचतकर्ताहरूलाई सम्मान गरेको थियो ।
कार्यक्रममा बारा जिल्ला बचत तथा ऋण सहकारी संघका उपाध्यक्ष तथा सहकारीका पूर्व अध्यक्ष राजु अधिकारी, जीतपुरसिमरा उपमहानगरपालिका–१४ का वडा अध्यक्ष चयन गुरुङ, १५ का वडा अध्यक्ष रामप्रसाद लामिछाने, संस्थापक शेयर सदस्य श्यामप्रसाद भट्टराई लगायतको उपस्थिति रहेको थियो। कार्यक्रम सञ्चालन संस्थाका सचिव अनिल चौधरीले गर्नुभएको थियो।
























