जीतपुरसिमरा २ मा नेकपाको अगुवा कार्यकर्ता भेला सम्पन्न
ए वान डेस्क /
नेपाली कम्युनिष्ट पार्टी नेकपाको अगुवा कार्यकर्ता भेला जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ मा सम्पन्न भएको छ । भेलाले चुनावी अभियानलाई प्रभावकारी बनाउने निर्णय गरेको छ ।
भेलाले वडा नम्बर २ मा चुनावी घरदैलो शुरु गर्ने, बिभिन्न कमिटि गठन गर्ने निर्णय गरेको छ । यस्तै बैठकले वडा नम्बर २ मा ५०१ जनाको चुनाव प्रचार प्रसार समिति गठन गर्ने निर्णय गरेको नेकपाका नेता बिरेन्द्र बास्कोटाले जानकारी दिनुभयो ।
सिमराको रमाईलो फन पार्कमा भएको भेलामा नेकपाका केन्द्रिय सदस्यहरु क्षेत्र बहादुर श्रेष्ठ अनिल, दिनेश राई, सरिता गुरुङ, कमला अधिकारी लगायतले मन्तब्य राखेका थिए । भेलामा रुपेश पोखरेल, हरि रिजाल, दुवा कुमारी रोकाया, रामकृष्ण तिमल्सिना, खगेन्द्र रिजाज, श्यामा सापकोटा लगायतको उपस्थिति रहेको थियो ।
शोभा कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन बिरेन्द्र बास्कोटाले गर्नुभएको थियो । निर्वाचनको मिति नजिकदिै जादा बारा क्षेत्र नम्बर ४ मा नेकपाले चुनावी अभियानलाई तिब्रता दिएको छ ।
प्रतिनिधिसभा सदस्यका उम्मेदवार अजय कुशुवाहालाई विजयी गरी नेकपाले अभियानलाई तिब्रता दिएको हो ।























