बारामा नेकपाका दुई युवा नेता रास्वपामा प्रवेश, सभापति लामिछानेले गरे स्वागत
नेपाली कम्युनिष्ट पार्टीका बारा जिल्ला कमिटि सदस्य तथा युवा संघ नेपालका जिल्ला अध्यक्ष आर के भट्राई र नेपाली कम्युनिष्ट पार्टीका जिल्ला कमिटि सदस्य तथा युवा संघ नेपालका मधेश प्रदेश अध्यक्ष गणेश रिजाल राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपामा प्रवेश गरेका छन् ।
उहाहरुलाई राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले पार्टी प्रवेश गराउनुभएको थियो । रास्वपा प्रवेशका गरेका दुवैले बारामा रास्वपाको जित सुनिश्चित गर्ने गरी निर्वाचनमा होमिने बताएका छन् । स्थानीय स्तरमा चर्चित दुई पात्रको रास्वपा प्रवेशले तरंग ल्याएको छ ।
रास्वपा प्रवेश गरेका गणेश रिजालले अहिले देशको बलियो शक्ति नै रास्वपा भएको दाबी गर्नुभयो । अब यो देशको नेतृत्व रास्वपाले गर्छ, देशलाई ठिक ठाऊमा ल्याउन आवश्यक छ उहाले भन्नुभयो । उहाले पुराना राजनितिक दलका कारण देश दिनप्रतिदिन बिग्रिदै गएको भन्दै मतदाताले यो पटक रास्वपालाई बहुमत दिने बताउनुभयो ।
यस्तै रास्वपा प्रवेश गरेका आर.के भट्राई्ले पुराना नेताहरुबाट देश नबन्ने भन्दै अबको आवश्यक्ता युवा शक्ति भएको बताउनुभयो । उहाले बारा ४ मा रास्वपाले जित्ने भन्दै मतदाताको उत्साहले नै रास्वपाको जित सुनिश्चित भईसकेको बताउनुभयो ।
रिजाल र भट्राईसहित ५० जना आज बिभिन्न पार्टी परित्याग गरी रास्वपामा प्रवेश गरेका थिए ।























