पुर्व गाबिस अध्यक्ष क्षेत्री नेकपामा प्रवेश, सह संयोजक नेपालले गरे स्वागत
ए वान डेस्क /
तत्कालिन डुमरवाना गाबिसका पूर्व अध्यक्ष नारायण क्षेत्री नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् । भूमि आयोग बाराका पूर्वअध्यक्ष समेत रहेका क्षेत्री सामाजिक क्षेत्रमा सक्रिय व्यक्तित्व हुन् ।
जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १५ डुमरवाना निवासी क्षेत्रीको नेकपा प्रवेशले बारा क्षेत्र नम्बर ३ को राजनितिमा तरंग ल्याएको छ । उनलाई पूर्व प्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका सह संयोजक माधव कुमार नेपालले पार्टी प्रवेश गराएका थिए ।
सालीन स्वभाव र सामाजिक गतिविधिमा सक्रिय रहने क्षेत्री यसअघि नेकपा एमालेमा थिए । नेकपा एमालेबाट २०५४ सालमा डुमरवाना गाबिसको अध्यक्षमा निर्वाचि भएका थिए ।
साथै २०७९ सालमा जितपुरसिमरा उपमहानगरपालिकामा नेकपा एमालेको मेयर पदको प्रत्यासी उमेदवार समेत रहेका थिए । बारा ३ मा नेपाली कम्युनिष्ट पार्टीबाट भरत प्रसाद साह उम्मेदवार छन् ।























