बारा ४ मा जसपाको घरदैलो अभियान शुरु
ए वान डेस्क /
बारा क्षेत्र नम्बर ४ मा जनता समाजवादी पार्टी जसपाले घरदैलो अभियान शुरु गरेको छ । जन दर्शन, जन जनको आवाज छाता छापमा भन्दै जसपाले फोटा बजारबाट घरदैलो अभियान शुरु गरेको छ ।
क्षेत्र नम्बर ४ मा जसपा र लोसपाको तर्फबाट सन्जु साह प्रतिनिधिसभा सदस्यका उम्मेदवा रहेका छन् । फागुन २१ गते हुन लागेको निर्वाचनमा जसपा र लोसपाले संयुक्त गठबन्धन गरेका छन् ।
घरदैलो अभियानमा लोसपाका नेता जितेन्द्र सोनल लगायतको उपस्थिति रहेको थियो ।
























