सिमरामा भोलि ल्होछार वृहत सांस्कृतिक कार्यक्रम हुने, आउदैछन् यी चर्चित कलाकार

ए वान डेस्क
१ फाल्गुन २०८२, शुक्रबार २०:२३

ए वान डेस्क /

बाराको सिमरामा भोलि ल्होछार वृहत सास्कृतिक कार्यक्रम हुने भएको छ । नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति बाराको आयोजनामा सिमरा रंगशालामा भोलि सास्कृतिक कार्यक्रम हुन लागेको हो ।

कार्यक्रममा चर्चित कलाकारहरुले प्रस्तुती देखाउने कार्यक्रम छ । कार्यक्रममा चर्चित गायक मिङमा शेर्पा, चर्चित गायक लोकेन लामा, कागज तामाङ, साम्तेन मोक्तान, बिरु घलान, विकास पाण्डे, सरिता घिसिङ, हिरा दोङ लगायतले प्रस्तुती देखाउनेछन् ।

मञ्जु श्री सम्बत् २८६२औ ता ल्हो सोनार ल्होछारको अवसरमा सिमरामा कार्यक्रम हुन लागेको हो । कार्यक्रमको बिशेष सहयोगीको रुपमा जीतपुरसिमरा उमपहानगरपालिका वडा नम्बर २, ४, १४, १७, १८ र २१ को वडा कार्यालय रहेको छ ।

कार्यक्रम बिहान १० बजेदेखि शुरु हुनेछ । आयोजकका अनुसार कार्यक्रमको सम्पुर्ण तयारी पुरा भईसकेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*