सिमरामा फेरी अर्को चुनावी चटारो, अध्यक्षका लागी ४ जनाको उम्मेदवारी
 
 ए वान डेस्क /
थानिमाई सामुदायीक बन उपभोक्ता समितिको निर्वाचन सकिएको १ साता बित्न नपाउदै बाराको सिमरामा फेरी अर्को चुनावले माहोल तातिएको छ । नया कार्यसमिति सर्वसम्मत रुपमा चयन हुन नसकेपछि खानेपानी तथा सरसफाई उपभोक्ता समिति सिमरामा पनि निर्वाचन हुने लगभग निश्चित जस्तै देखिएको छ ।
समितिको अध्यक्ष पदका लागी मात्रै चार जनाले उम्मेदवारी दिएका छन् । सो समितिमा अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्ष, सहसचिव तथा सदस्य पदका लागी चुनाव हुने भएको छ ।
मुख्य निर्वाचन अधिकृत मुकुन्द बहादुर क्षेत्रिले सबै पदका लागी निर्वाचन हुने सम्भावना रहेको बताउनुभयो । निर्वाचन कार्यतालिका अनुसार आज ३ बजेसम्म दावी विरोध गर्न सकिनेछ भने उम्मेद्धारहरुको अन्तिम नामावली प्रकाशन भने माघ १ गते ५ बजेसम्म हुनेछ ।
क–कसले दिए उम्मेदवारी ?
अध्यक्ष पदका लागि उम्मेदवारी दिने उम्मेदवारहरुको नामावली
१, काशिम हुसेन
२, राजकुमार भट्राई
३, ऋषिराज लुईटेल
४, प्रेमप्रसाद बराल
उपाध्यक्ष पदका लागि उम्मेदवारी दिने उम्मेदवारहरु
१, कृष्णप्रसाद रिमाल
२, राजदास श्रेष्ठ
३, मदनप्रसाद तिमल्सिना
सचिव पदका लागि उम्मेदवारी दिने उम्मेदवारहरु
१, रमेश कुमार पौडेल
२, रविन्द्र खकुरेल
३, दिपक सिम्खंडा
कोषाध्यक्ष पदका लागी उम्मेदवारी दिने उम्मेदवारहरु
१, अर्जुन प्रसाद गौतम
२, शशि कुमार गौतम
सहसचिव पदका लागी उम्मेदवारी दिने उम्मेदवारहरु
१, रामचरित्र यादव
२, झरना मगर
३, सानुबाबु कुर्मी
४, शिवचन्द्र चौधरी
२ जना महिला सदस्यका लागि ६ जनाको उम्मेद्धारी परेको छ भने अन्य सदस्यहरुका लागि १४ जनाले उम्मेदवारी दिएको मुख्य निर्वाचन अधिकृत क्षेत्रीले ए वान समाचारलाई जानकारी दिनुभयो । ३ हजार २ सय उपभोक्ता रहेको खानेपानी तथा सरसफाई उपभोक्ता समितिको अगामी माघ ६ गते हुने निर्वाचनमा २ हजार २ सय ५४ जनाले मात्रै मतदान गर्न पाउनेछन् ।


 ए वान डेस्क
ए वान डेस्क





















