जेन्जि युथ अफ बाराद्वारा सिमरामा रक्तदान कार्यक्रमको आयोजना
जेन्जि युथ अफ बाराको आयोजनामा बाराको सिमरामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
सिमरा बिजनेस सेन्टरमा आयोजित रक्तदान कार्यक्रममा १३७ जनाले रगत दान गरेका छन् । सामाजिक क्षेत्रमा सक्रिय जेन्जि युथ अफ बाराले बिभिन्न क्रियाकलाप गर्दै आएका छ ।
यो पटक भने सामाजप्रति उत्तरदायी हुने रक्तदान कार्यक्रम आयोजना गरिएको जेन्जि युथ अफ बाराका संयोजक सम्राट उपाध्यायले जानकारी दिनुभयो । रक्तदान नै जिवनदान भन्ने मुल नाराका साथ जेन्जि युथ अफ बाराले रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।















