सिमरा महोत्सव : यी हुन् आजका कलाकार

ए वान डेस्क /
बाराको सिमरामा जारी प्रथम सिमरा औद्योगिक व्यापार, कृषि मेला तथा खेलकुद महोत्सव २०७४ मा आजपनि आधा दर्जनभन्दा बढि राष्ट्रिय स्तरकार कलाकारहरुले आफ्नो प्रस्तुती देखाउदैछन् । मुल आयोजक समारोह समितिका कलाकार व्यवस्थापक विजय बोम्जनका अनुसार आज हास्य कलाकार एवं जादुगर महादेब त्रिपाठी, गायक विश्व नेपाली, उदेश श्रेष्ठ, डान्सर रिया श्रेष्ठ, समीर थिङ्ग तामाङ्ग, धिरेन लामा लगायतले आज आफ्नो प्रस्तुती देखाउन लागेका हुन् ।
दिउसो २ बजेदेखि शुरु हुने सास्कृतीक कार्यक्रममा आजै स्थानीय ब्याण्डहरुले समेत आफ्नो प्रस्तुती देखाउने बोम्जनले जानकारी दिनुभयो । यसअघि हिजो चर्चित गायिका ज्योति मगर, चर्चित गायक धिरज राई, धुर्व बिश्को लगायतले आफ्नो प्रस्तुती देखाएका थिए ।
हिजो महोत्सवको चौथो दिन १० हजार भन्दा बढि दर्शकले महोत्सव हरेको आयोजकले जानकारी दिएको छ ।