सिमरा महोत्सवमा आज कमल के. क्षेत्री आउने

ए वान डेस्क /
बाराको सिमरामा जारी प्रथम सिमरा औद्योगिक व्यापार, कृषि मेला तथा खेलकुद महोत्सव २०७४ आज नेपालका चर्चित गायक कमल के. क्षेत्रीले आफ्नो प्रस्तुती देखाउदैछन् । क्षेत्रीले पप र मेलोडि बिधाका १ दर्जन भन्दा बढि गित गाएका छन् ।
उनको आईलभ यु, नाचन, तिम्रै मायाले, कोदोकोला जस्ता गित दर्शक सामु लोकप्रिय छन् । उनको आईलभ यु बोलको गित १ करोड भन्दा बढि दर्शकले रुचाएका छन् । सामाजिक सञ्जाल युटुबमा नेपालमा चलेका १० गायक मध्य उनीपनि एकमा गनिन्छन् ।
पछिल्लो समय उनी बाराका सञ्चारकर्मी एवं उदयमान गायक विकास पाण्डेको शब्द संगितमा बन्न लागेको गितहरुको तयारीमा छन् । उनी यसपछि लगातार गायक पाण्डेको गितमा अनुबन्धित हुने तयारीमा छन् ।
सिमरा महोत्सवमा आज गायक क्षेत्रीसंगै गायक रोज मोक्तान, गायिका शसि रावल, डि मोर्चा ब्याण्ड, डान्सर अनिसा दंगाल लगायत स्थानीय कलाकारहरुले आफ्नो प्रस्तुती देखाउने कलाकार व्यवस्थापक बिजय बोम्जनले जानकारी दिनुभयो ।