मकवानपुरमा १५ वर्षपछि उच्च हिमपात, त्रिभूवन राजपथ अबरुद्ध

ए वान डेस्क
१६ फाल्गुन २०७५, बिहीबार ११:३५

मकवानपुरका विभिन्न स्थानमा करिब १५ वर्षपछि उच्च हिमपात भएको छ । हिमपातले त्रिभुवन राजपथ बिहानैदेखि अबरुद्ध भएको छ ।

थाहा नगरपालिकाको दामन, पालुङ, सिम भञ्ज्याङलगायतका डाँडा, बस्ती तथा सडकहरुमा हिमपात भएपछि राजपथको सवारी आवागमन प्रभावित बनेको हो ।

जिल्ला प्रहरी कार्यालय, मकवानपुरले दिएको जानकारी अनुसार, राजपथमा ४ फिटसम्म हिउँ जमेको छ । हिउँ परेपछि काठमाडौंतर्फ हिँडेका सवारी अधोरमा रोकिएका छन् भने काठमाडौंबाट हेटौंडा आउने सवारी पनि पालुङको ओखर बजारबाट अघि बढ्न सकेका छैनन् ।

थाहा नगरपालिकाको उच्च भू–भागमा प्रत्येक वर्ष हिमपात हुने गरे पनि यसपटक भने बस्तीहरुमा समेत हिमपात भएको छ ।

हिमपातले थाहानगरका अघिकांश भाग सेताम्य भएको थाहा नगरका मेयर लवशेर बिष्टले बताए ।

हिमपातसँगै हेटौंडालगायतका स्थानबाट हिउँका पारखीहरु डाँडाकाँडामा पुगेको स्थानीय सञ्चारकर्मी रुपक कालीराजले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*