‘रवीन्द्र अधिकारीको निधनले विद्यार्थीको आशाको दियो निभ्यो’

ए वान डेस्क
१६ फाल्गुन २०७५, बिहीबार १२:५७

सत्तारुढ नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियु र अनेरास्ववियू क्रान्तिकारी पर्यटनमन्त्री रवीन्द्र अधिकारीको निधनले लाखौं युवा विद्यार्थीहरुको आशाको दियो निभेको बताएका छन् ।

अनेरास्ववियु अध्यक्ष नविना लामा र अनेरास्ववियू क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले संयुक्त शोक विज्ञप्ति जारी गरेर शोकलाई शक्तिमा बदल्ने अठोट पनि गरेका छन् ।

शोक विज्ञप्तिमा लेखिएको छ, ‘पार्टीको एउटा भरोसायोग्य खम्बा ढलेको छ । राष्ट्रले एउटा प्रचुर सम्भावनायुक्त नेता गुमाएको छ । अब यस शोकलाई शक्तिमा बदल्दै क. अधिकारीले देखेको समृद्ध नेपालको सपना पूरा गर्ने अभियानमा जुट्नु नै उहाँप्रति वास्तविक श्रद्धाञ्जली हुनेछ । हामी त्यही बाटोमा हिँड्ने प्रण गर्दछौं ।’

अधिकारी पार्टीको तर्फबाट विद्यार्थी फाँट इञ्चार्ज समेत थिए । बुधबार ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा पर्यटनमन्त्री अधिकारीसहित सात जनाको निधन भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*