अधिकारीको निधनले देशलाई ठुलो क्षती पुगेको छ : होव्यसंघ बारा

ए वान डेस्क
१६ फाल्गुन २०७५, बिहीबार १५:२२

ए वान डेस्क /

सस्कृती, पर्यटन तथा नागरीक उड्डयनमन्त्री रविन्द्र अधिकारीको मृत्युले समग्र पर्यटन क्ष्ँेत्र अस्ताएकोभन्दै होटल व्यवसायी संघ बाराले देशलाई ठुलो क्षती पुगेको बताएको छ । होटल व्यवसायी संघ बाराका अध्यक्ष मोहन शर्मा लामिछानेले जारी गर्नुभएको शोक बिज्ञप्तिमा भनिएको छ ‘एयरपोर्ट निरीक्षण पश्चात प्रशिद्ध धार्मिक तथा पर्यटकीय गन्तब्य पाथिभरा मन्दिर दर्शन गरि फर्कने क्रममा भारी हिमपातको कारण अकस्मात हेलिकप्टर दुर्घटनामा परि मृत्युु हुनुभयको खवरले स्तब्ध भएका छौ’ ।

अधिकारीकै कारण देशमा हवाई मार्ग बिस्तार कार्य अघि बढेकोभन्दै बिज्ञप्तिमा सबै पर्यटकीय गन्तव्यहरुलाई जोडन महत्वपुर्ण भुमिका खेलेको उल्लेख छ । ‘भिजिट नेपाल २०२० लाई सफल पार्ने उदेश्यबाट झिनो आशा पलाईरहेको बेलामा माननीय पर्यटन मन्त्री ज्युले अकल्पनीय दुर्घटनामा ज्यान गुमाउनु भयको छ, यो दुखद घटनामा होटल तथा पर्यटन ब्यवसायी संघ बारा उहा प्रती हार्दिक श्रद्धा सुमन ब्यक्त गर्दै परिवारजन, नेपाल सरकार र सबै नेपालिजनहरुमा धैर्य धारण गर्ने शक्ति प्राप्त होस र शोकलाई शक्तिमा बदल्दै उहाको मार्गदर्शन अनुसार अगाडि बढ्ने प्रेरणा मिलोस’ बिज्ञप्तिमा भनिएको छ ।

बिज्ञप्तिमार्फत संघ बाराले आज कार्यालय बन्द रहने जानकारी गराएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*