सिमराको नव जनजागृती सशस्त्र प्रहरीको एपिएफसंग पराजित

ए वान डेस्क
१६ फाल्गुन २०७५, बिहीबार १९:११

नविन चौधरी/कोल्हवी /

बाराको सिमरामा रहेको नव जनजागृती युवा क्लब सशस्त्र प्रहरीको एपिएफसंग पराजित भएको छ । करैयामाई गाउपालिकाको वडा नम्बर ७ मा जारी करैयामाई तेश्रो पिपरा गोल्डकपमा आज एपिएफ बर्दिवाससंग १–० गोल अन्तरले पराजित भएको छ ।

पंचगछिया मैदानमा आज भएको खेलमा एपिएफका लागी कुमार दोङ्गले दोश्रो हाफको ११औ मिनेटमा एक गोल गर्न सफल भएका थिए । निकै प्रतिस्पर्धात्मक बनेको खेलमा नव जनजागृतीले पनि थुप्रै अवसर पाएको थियो । आयोजकका अनुसार आजको खेलको म्यान अफ द म्याच एपिएफका कुमार दोङ्ग घोषित भए ।

प्रतियोगित अन्र्तगत भोलि हेटौंडा र सर्लाही ११ बिच खेल हुने आयोजक सृजनशील युवा क्लबका अध्यक्ष बृजमोहन चौधरीले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*