छाडा छोडिएका गाईगोरुको संरक्षण गर्न माग गर्दै सर्वोच्चमा रिट

ए वान डेस्क
२० फाल्गुन २०७५, सोमबार १३:४१

छाडा छोडिएका गाईगोरुको प्रभावकारी संरक्षण र व्यवस्थापन तत्काल गर्नुपर्ने आदेशको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, पशु सेवा विभाग लगायतलाई विपक्षी बनाई अधिवक्ता पदमबहादुर श्रेष्ठले आइतबार दायर गरेको रिट निवदेनमा गाईगोरुप्रति गरिँदै आएको व्यवहार अन्त्य गरी तत्काल रोग, भोक, ओतको समस्या अन्त्य गर्न माग गरिएको छ ।

नेपालको संविधानको धारा ९ (३) अनुसार गाईलाई राष्ट्रिय जनावर भन्ने स्पष्ट उल्लेख गरी समग्र जनताले राष्ट्रिय जनावर र हिन्दू धर्मको धरोहर मान्दै तिहारमा धर्म संस्कृतिअनुसार लक्ष्मी पूजामा गाई र गोवद्र्धन पूजामा गोरुलाई पुज्ने धार्मिक आस्थालाई विचलित पार्न नहुने निवेदनमा उल्लेख छ ।

राष्ट्रिय जनावर तथा धार्मिक पहिचान बोकेको गाईगोरु साथै अन्य बाच्छाबाच्छीहरुसमेत उपयोग समाप्त भई सकेपछि जिम्मेवारीबाट मुक्त हुनका लागि आफ्नो घर कम्पाउण्डबाट बाहिर छाडिदिने त्यसपश्चात संरक्षण नगर्ने कार्य रोक्न निवेदनमा परमादेशको माग गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*