जीतपुरमा खुल्यो जगदम्बा मोटर्सको नयाँ टिभिएस शोरुम
बाराको जितपुरमा जगदम्बा मोटर्स कम्पनीको नयाँ टिभिएस शोरुम सगरमाथा मोटर्स संचालनमा आएको छ । सगरमाथा मोटर्स स्थानिय युवा ब्यवसायी दिनदयाल चौधरीको लगानीमा संचालनमा आएको हो ।
शुक्रबार सगरमाथा मोटर्सले एक कार्यक्रमको आयोजना गरी सेवा शुरु गरेको हो । उद्घाटन कार्यक्रममा बोल्दै जीतपुरसिमरा उपमहानगरकी उपमेयर सरस्वती चौधरीले बजारमा बढदो दुर्घटनालाई मध्यनजर गर्दै टिभिएसले आधुनिक प्रविधि जडित मोटरसाइकल बजारमा ल्याएकोमा खुशी ब्यक्त गरिन् ।
कार्यक्रमको प्रमुख अतिथि समेत रहेकी चौधरीले मोटरसाइकल शोरुममा महिलाहरुका लागी बिशेष सरल सुबिधा दिई महिला मैत्री हुन समेत आग्रह गरिन् । कार्यक्रममा जगदम्बा मोटर्स कम्पनीका उपाध्यक्ष दिपक अग्रवालले बजारमा यस कम्पनीको तुलना कुनै कम्पनीले पनी मोटरसाइकललाई आधुनिक बनाउन नसकेको भनाई राखे । उनले अहिले बजारमा भित्रिएको टिभिएसका नयाँ मोटरसाइकल र स्कुटरहरुमा नेपालमै पहिलो पटक नयाँ प्रबिधि प्रयोग गरिएको बताए ।
उद्घाटनको अवसरमा मोटरसाइकल खरिद गर्नेले ३२ इन्चको एलइडि टिभि समेत उपहारमा पाएका छन् । सगरमाथाले उदघाटनको दिन मात्रे ४४ थान मोटरसाईकल र सबैजनालाई एक एक थान टिभि उपहार स्वरुप प्रदान गरेको छ ।
कार्यक्रममा कम्पनीका बिजनेश डेभलपमेन्ट असिस्टेन म्यानेजर मोहन उप्रेती, सेल्स यरीया इन्चार्ज मनिभुषण चौधरी लगाएत संचारकर्मीहरुको उपस्थिती रहेको थियो ।















