सुनचाँदीको भाउ घट्यो

ए वान डेस्क
२१ फाल्गुन २०७५, मंगलवार ११:२५

सुनचाँदीको भाउ मंगलबार घटेको छ । सुन मंगलबार तोलामा ५ सय रुपैयाँ घटेर तोलाको ६१ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

सोमबार सुन तोलाको ६१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदी पनि मंगलबार तोलामा १० रुपैयाँ घटेर तोलाको ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*