करैयामाई तेश्रो पिपरा गोल्डकप : बारालाई पराजित गर्दे सर्लाही फाईनलमा
नविन चौधरी /
सर्लाही ११ करैयामाई तेश्रो पिपरा गोल्डकपको फाईनलमा प्रवेश गरेको छ । पंचगछिया मैदानमा भएको पहिलो सेमिफाईनल खेलमा आज बारा ११ लाई पराजित गर्दे सर्लाही ११ फाईनलमा प्रवेश गरेको हो ।
निर्धारित ९० मिनेटको खेलमा दुवै टिमबाट गोल हुन नसकेपछि खेल ट्राईब्रेकरमा धकेलिएको थियो । ट्राईब्रेकरमा सर्लाही ११ ले आज गतबर्षको बिजेता बारा ११ लाई २–० गोल अन्तरले पराजित गरेको थियो ।
प्रतियोगिता अन्र्तगत भोलि विरगञ्ज युथ क्लब र एपिएफ बर्दिवासबिच दोश्रो सेमिफाईनल खेल हुने आयोजक सृजनशील युवा क्लबका अध्यक्ष बृज मोहन चौधरीले जानकारी दिनुभयो । भोलि विजयी हुने टिमसंग फागुन २५ गते सर्लाही ११ उपाधीका लागी भिडनेछ ।
प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ ।















