काठमाडौँको मख्खनगल्लीमा आगलागी

ए वान डेस्क
२३ फाल्गुन २०७५, बिहीबार १६:५०

काठमाडौँ महानगरपालिका–१८ स्थित मख्खनगल्लीमा आज दिउँसो आगलागी भएको छ ।

मासु पसल र कस्मेटिक पसलसमेत रहेको स्थानीयवासी प्रमोद तुलाधरको घरमा आगलागी भएको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिनुभयो । दिउँसो १२ः४५ बजे लागेको आगो स्थानीयवासीको सहयोगमा जनपद प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीले दिउँसो ३ बजे निभाएको उहाँले जानकारी दिनुभयो ।

आगो निभाउन विभिन्न क्षेत्रका चार दमकलको प्रयोग गरिएको थियो । सो क्रममा दोलखाका २१ वर्षीय राजन थापा घाइते भएकाले उनको अहिले ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । आगलागीबाट नजीकका केही घरमा समेत क्षति पुगेको बताइएको छ ।

आगलागी भएको क्षेत्रमा ग्यास स्टोरसमेत रहेको र केही ग्याससमेत पड्किएको स्थानीयवासीले बताएका छन् । क्षतिको विवरण सङ्कलन भइरहेको प्रहरीले जनाएको छ । आगलागीका कारण अहिलेसम्म खुलेको छैन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*