डुमरवानामा एम्बुलेन्स खरिद गर्न महायज्ञ, प्रदेशसभा सदस्य साहद्धारा उद्घाटन
ए वान डेस्क /
जीतपुरसिमरा उप–महानगरपालिकाको वडा नम्बर १५ मा आजदेखि श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ शुरु भएको छ । एम्बुलेन्स खरिद गर्ने उदेश्यका साथ वडा नम्बर १५ को प्रगतिशिल सिद्धिविनायक मन्दिर प्राङ्गणमा आजदेखि शुरु भएको महायज्ञ फागुन ३० गतेसम्म चल्नेछ ।
महायज्ञको आज एक कार्यक्रमकाबिच बारा क्षेत्र नम्बर ३ क की प्रदेशसभा सदस्य ज्वाला साहले उद्घाटन गर्नुभयो । उद्घाटन कार्यक्रममा बोल्दै सासंद साहले पुण्य कार्य गर्नको निम्ति आयोजना गरिएको महायज्ञमा आफुले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । ‘मेरो कार्यकाल अझै ४ बर्ष बँकी छ, भर्खर हामी एउटा शुरुवात प्रक्रियामा छौ ,बिकास निमार्णको क्रममा मैले बोलेको यो ठाउलाई केही न केही गर्ने भनेर प्रतिवद्धता राख्न चाहुन्छु’ साहले भन्नुभयो ।
कार्यक्रममा बोल्दै जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख डा. कृष्ण पौडेलले महायज्ञ तथा धार्मिक महोत्सवलाई सफल बनाउन आफ्नो तर्फबाट सक्ने सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । उहाले डुमरवानालाई पर्यटकीय स्थलका साथै बहुधार्मिक रुपमा विकास गर्नका लागि भौतिक पुर्वाधार निमार्णका लागि नगरपालिकाको तर्फवाट सहयोग गर्ने बताउनुभयो ।
वडा नं १५ का वडाध्यक्ष राम्रसाद लामिछानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपाका प्रदेश कमिटि सदस्यहरु क्षेत्रबहादुर श्रेष्ठ (अनिल), राजन पौडल, वडा नं १४ का वडा अध्यक्ष रामशरण बर्तौला, १५ का अध्यक्ष रामप्रसाद लामिछाने, १६ का अध्यक्ष केदार प्रसाद बझगाँई, साना किसान कृषि सहकारी संस्था लिमिटेड डुमरवानाका अध्यक्ष शिवप्रसाद अधिकारी, सप्तरंगी साकोसका अध्यक्ष राजु अधिकारी, समाजसेवी भरत भण्डारी लगायतको उपस्थिति रहेको थियो ।















