अखिल नेपाल महिला संघले जीतपुरसिमरामा मनायो श्रमिक दिवस
ए वान डेस्क /
जीतपुरसिमरा उप–महानगरपालिको वडा नम्बर २ मा अन्तराष्ट्रिय श्रमिक महिला दिवस मनाईएको छ । अखिल नेपाल महिला संघ र अखिल नेपाल महिला संघ क्रान्तिकारी नगर कमिटिको आयोजनामा श्रमिक महिला दिवस मनाईएको हो ।
दिवसको अवसरमा वडा कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै प्रदेश नम्बर २ की प्रदेशसभा सदस्य सिता गुरुङ्गले महिलाहरुको जिवन स्तर उकास्न सरकारले बिशेष भुमिका खेल्नुपर्ने बताउनुभयो । श्रमिक महिलाको हक सरकारले काम गरिरहेकोभन्दै उहाले थप बिशेष योजनाका साथ सरकार अघि बढ्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा बोल्दै नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रिय सदस्य दिनेश राईले महिलाहरुलाई आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिनुभयो । बारा क्ष्ँेत्र नम्बर ४ क का प्रदेशसभा सदस्य सुन्दर बिश्वकर्माले संबिधानले महिलाको हक सुनिश्चित गरेको बताउनुभयो । नेकपाका नेता क्षेत्र बहादुर श्रेष्ठ अनिलले आफ्नो हक हितको लागी महिलाहरु एक भएर अघि बढ्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेकपाका नेताहरु जयराम दहाल, मनोज पौडेल, अमृतलाल श्रेष्ठ, कृष्ण खनाल, रबिन्द्र खकुरेल, वडा नम्बर ३ का वडा अध्यक्ष जगरनाथ घिमिरे, महिला नेतृ शिला खनाल लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम सोभा कार्कीको अध्यक्षतामा सम्पन्न भएको थियो ।















