नेपाली राष्ट्रिय क्रिकेट टोलिलाई सिमरामा भब्य स्वागत

ए वान डेस्क
२४ फाल्गुन २०७५, शुक्रबार १८:४५

ए वान डेस्क /

नेपाली राष्ट्रिय क्रिकेट टोलिलाई आज सिमरामा भब्य स्वागत गरिएको छ । भोलि मकवानपुरको हेटौडामा हुन लागेको च्यारेटी म्याच खेल्नको लागी आएका नेपाली राष्ट्रिय टोलिलाई आज सिमरामा भब्य स्वागत गरिएको हो ।

मकवानपुर क्रिकेट क्लबका संस्थापक निरज श्रेष्ठको ब्लड क्यानसर उपचारको सहयोगको लागि भोलि हुने च्यारेटी म्याचमा मकवानपुर विरुद्ध पारस खड्का नतृत्वको टिमले हेटौडाको हुप्र खेल मैदानमा प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ । नेपाली राष्ट्रिय टोलिलाई स्वागत गर्न खेलप्रेमी शम्भुसिंह ठकुरीको नेतृत्वमा नव जनजागृती युवा क्लब सिमरा, संगालो बचत तथा ऋण सहकारी संस्था लि., सिमरा क्रिकेट क्लब लगायत बिभिन्न संघ–संस्थाका पदाधिकारीहरु सिमरा बिमानस्थल पुगेका थिए ।

नेपाली राष्ट्रिय क्रिकेट टोलिलाई स्वागत गर्न आयोजको तर्फबाट विजयसिंह ठकुरी सिमरा आउनुभएको थियो । सिमरा बिमानस्थलमा ए वान समाचारसंग कुरागर्दै ठकुरीले निरज श्रेष्ठको उपचारमा सहयोग पुर्याउन म्यारेटि म्याच आयोजना गर्न लागिएको बताउनुभयो ।

क्रिकेटर सोमपाल कामिले ब्लड क्यानसर पिडित निरज श्रेष्ठको उपचारमा सहयोग पुर्याउने उदेश्यका साथ आफुहरु हेटौडा जान लागेको बताउनुभयो । ‘हाम्रो सानो सहयोगले उहाको उपचारमा सहयोग पुग्नेछ, त्यसको लागी पनि हामी हेटौडा जादैछौ, हामी यस्तो कार्यको निम्ति सधै प्रतिवद्ध छौ’ उहाले भन्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*